नेपालगञ्ज कात्तिक ४ गते ।
नेपालगञ्ज उपमहानगरमा ड्रोन क्यामेरा मार्फत सुरक्षा अवस्था अवलोकन गरिएको छ । यो वर्षको दशैं पर्वलाई लक्षित गरेर प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको जानकारी दिएको छ । प्रहरीले नेपालगञ्जमा ड्रोन क्यामेराबाट सुरक्षा अवलोकन थालेको छ।
दसैँलाई लक्ष्य गरी प्रहरीले नेपालगञ्जको विभिन्न ठाउँको अवलोकन गरेको हो। बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीका अनुसार, दसैँलाई लक्ष्य गरेर ड्रोनबाट गस्ती सुरु गरिएको छ। ड्रोनले प्रहरी पुग्न नसकेको ठाउँको अवलोकन गर्न सकिने प्रहरीको भनाइ छ। वडा प्रहरी कार्यालय, नेपालगञ्जमा बसेर प्रहरीले ड्रोन परिचालन गरेको छ ।
भीडभाड तथा जमघट हुने सार्वजनिक स्थल, आवतजावतका नाका, किनमेल हुने मुख्य बजारमा ड्रोनबाट निगरानी राख्न लागिएको छ। बिजया दशमी पछि मूर्ति बिसर्जन गर्दा सुरक्षा ब्यवस्था सहजको लागि ड्रोन क्यामेरा उडाएर परिक्षण तथा अवलोकन गरिएको नेपालगञ्ज वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक हरि बहादुर बिसिले लिमरा खबरलाई जानकारी दिए ।