बाँके असोज २५ गते।
गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ। बाँके, सर्लाही, इलाम र दोलखाका सिडिओ फेरिएका हुन्। बाँकेमा श्रवणकुमार पोखरेल, सर्लाहीमा कोमलप्रसाद धमला, इलाममा इन्द्रदेव यादव र दोलखामा टुवराज पोखरेललाई पठाइएको छ।
अघिल्लो साता बाँकेको नेपालगञ्जमा भड्किएको धार्मिक विवाद समयमै नियन्त्रण गर्न नसकेपछि उनको सरुवाको माग गरिएको थियो । धार्मिक विवादमा बेलैमा स्थानीय प्रशासन र प्रहरीले पहल नदिँदा दुई समुदायबीच झडपको स्थिति आएको थियो । झण्डै एक साता कर्फ्यु र निषेधाज्ञा लगाइएको थियो ।
सहसचिव आचार्यलाई गृह मन्त्रालयमा तानिँदा उनको ठाउँमा इलामका सीडीओ श्रवणकुमार पोखरेललाई पठाइएको छ ।पोखरेल यसअघि इलाममा, धमला दोलखा र यादव सर्लाहीमा सिडिओका रूपमा कार्यरत थिए। दोलखामा पठाइएका सहसचिव पोखरेल गृह मन्त्रालयमा कार्यरत थिए। बाँकेका सिडिओ विपिन आचार्यलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।