एजेन्सी असोज २१ गते ।
इजरायलमा शनिवार बिहान हमास आतंककारीहरुले गरेको अप्रत्याशित आक्रमणमा परि दश जना निर्दोष नेपालीहरुले ज्यान गुमाएको पुष्टि भएको छ ।तेल अभिभस्थित इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले हमासको आक्रमणमा परी १० जना नेपालीहरुको मृत्यु भएको पुष्टि गरेकी हुन् ।
हमासको आक्रमणमा परि ज्यान गुमाउनहरुमा घोडाघोडी–४ कैलालीका नारायण प्रसाद न्यौपाने, जय पृथ्वी–६, बझाङका गणेश कुमार नेपाली, बौनिया–३, कैलालीका आशिष चौधरी, लेकम–५, दार्चुलाका दिपेश राज विष्ट, सपही–६, धनुषाका आनन्द साह, मधुवन–१, सुनसरीका राजेश कुमार स्वर्णकार, पाचनली–३, डोटीका राजन फुलारा, लमिखाल–८, डोटीका पदम थापा, शारदा–३, सल्यानका प्रवेश भण्डारी तथा मलिकार्चुन–४, दार्चुलाका लोकेन्द्र सिंह धामी छन् ।
राजदूतावासले जनाए अनुसार भिमदत्त–३, कञ्चनपुरका बिपिन जोशी हालसम्म सम्पर्कविहिन् छन । त्यस्तै टिकापुर–९, कैलालीका धनबहादुर चौधरी तथा गोरखा–८, गोरखाका हिमाञ्चल कट्टेल अस्पतालमा उपचार गराइरहेका छन् ।
शारदा–२, सल्यानका बिधान सेजवालक तथा डांगिशरण–३, का प्रविन डाँगी पनि अस्पतालमा उपचार गराइरहेका छन् । उनीहरुको खुट्टामा चोट लागेको छ । त्रिवेणी–१, सल्यानका प्रमोद केसी तथा भजनी–४, कैलालीका बिरेन्द्र चौधरी प्रहरी हिरासतमा सुरक्षित छन् ।