मंसुर अली इद्रिशी
बाँके असोज १९ गते-नेपालगञ्जको दोहोरी रहेको घटनाको विषयमा नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दिन राईले एकआपसमा मिलेर बस्नुपर्ने र एकअर्का प्रति सम्मान गर्न अपिल गरेका छन । उनले एक साता अगाडिको नेपालगञ्ज र अहिलेको नेपालगञ्जको तुलना गर्दै भने, ‘एक हप्ता अगाडीको चहलपहल र खुसी यतिबेला हराईसकेको बताए ।
उनले नगरबासीलाई एकअर्का प्रति भ्रममा नपर्न आग्राह समेत गरेका छन । सोसल मिडियामा आएको भ्रमित सामाचारमा नपर्न समेत उनले आग्रह गरे । हासी खुसी बस्दै आएका समुदाय बीच एकअर्का प्रति घृणा फैलाउन फेक आईडी प्रयोग भईरहेको हुदाँ त्यस्तो भ्रमलाई सबैले मिलेर चिर्नुपर्ने उपमेयर राईको भनाई छ ।
उनले भने, ‘एकअर्कालाई लडाउनको लागि फेक आईडीबाट फेक न्यूज गरिरहेका छन । जसको कुनैपनि सत्यता पनि छैन । यहाँको सामाजिक सद्भाव माथी खेल्ने काम भइरहेको छ । अराजक तत्वले धर्ममा आस्था राख्ने विरुद्ध दुष्प्रचार र आरोप प्रत्यारोप उन्मुख भएको यसमा प्रहरी, प्रशासन गम्भिर भएर लाग्न आवश्यक देखिएको छ ।
बिगतको दिनमा नेपालगंजमा भएको घटनाको त्यसको पीडा नेपालगन्जका स्थानीयबासीले अहिलेसम्म भुल्न नसकेका उनले बताए । धार्मिक सद्भावमाथि खलल पुर्याउनेको पहिचान गरि कारवाहीको दायरामा ल्याउन प्रशासनसँग अपील गरेका छन् ।