बाँके असोज १७ गते।
नेपालगन्ज उपमहानगरपालिकामा भित्र जारी कर्फ्यु क्रमश खुकुलो पार्दै लैजाने सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको सर्वदलीय सर्वपक्षीय बैठकले समाजिक सदभाव भड्काउने, तथा धार्मिक आस्थामा माथी आंच आउने क्रियाकलाप गर्ने जोकोही भएमा तत्काल कारबाही गर्ने निर्णय भएको छ ।
नेपालगंजमा शान्ति सुरक्षाको वर्तमान अवस्थालाई पूर्णरुपमा सामान्य अवस्थामा ल्याउने, नेपालगञ्जमा जारी कर्फ्युलाई खुकुलो बनाएर पूर्णरुपमा हटाउन जिल्ला सुरक्षा समितिलाई आग्रह गर्ने निर्णय गरेको नेपालगञ्जका उपमेयर कमरुद्दीन राईले जानकारी दिए।
बैठकमा उपस्थित बैठकमा लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोष पाण्डे, बाँके क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य धवलसम्शेर राणा, पूर्वमन्त्री मोहम्मद इस्तियाक राई, प्रदेशसभा सभा सदस्य कृष्णा केसी नमुना, नेपाल प्रहरीका प्रदेश प्रमुख डीआईजी उमेशराज जोशी, राजनीतिक दलका नेता, धार्मिक संघ संस्थाका अगुवाहरुको लगाएतको उपस्थिती रहेको थियो ।