रबिन्द्र यादव
पश्चिम नवलपरासी असोज १५ गते-आज गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपति डाक्टर रामबरण यादवले बिपी कोइरालाको अर्धकद मुर्तिको अनावरण गर्नु हुनेभएको छ । प्रतापपुर गाउँपालिकाद्धारा वडा नं ७ गुठी सुर्यपुरा चोकमा निर्मित सालिकको अनावरण गर्न पुर्व राष्ट्रपति यादव हिजो नै पश्चिम नवलपरासी आइपुग्नु भएको हो ।
आज वहाँ १० बजे गुठी सुर्यपुरा स्थित एक कार्यक्रमका बिच उक्त सालिक अनावरण गर्नुहुने गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले बताए । ११० औं बिपी जयन्तीको अवसरमा उक्त सालिक अनावरण कार्यक्रम राखिएका भएपनि पुर्व राष्ट्रपति अस्वस्थ भइ अस्पताल भर्ना भएका कारण २४ र २९ गतेको कार्यक्रम स्थगित गरिएको थियो।
यादवको बसाइ सुस्ता गाउँपालिका वडा नं ३ स्थित बि गैप गेस्ट हाउसमा भएको हो । राष्ट्रपति आज नै काठमाडौ फर्किने गाउँपालिकाले जनाएको हो ।