नेपालगञ्ज असोज १३ गते ।
योग समिति नेपालले नयाँ योग केन्द्रको उद्घाटन गरेको छ । योग समिति नेपालको शाखाहरू बिस्तार गर्ने क्रममा बांके जानकी गाऊंपालिका वार्ड नं ३ स्थित जे. एस. इंग्लिश बोर्डिंग स्कूल परिसरमा नयां योग केन्द्र शाखाको शुभारम्भ भएको छ । कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष राज कुमार बर्माले भने कक्षा बिहान ५ बजे देखी ६:३० बजे सम्म निशुल्क संचालन गर्ने बताए आफुले योग गरेकै कारण शरिरमा फुर्तिलोपना आएको बताउनुभयो ।
योगले मानिसमा रहेको दुर्बलता घटाउदै जाने उहाँको भनाई थियो । आफुले योगको महत्वलाई राम्रो संग बुझेकोले सबै वडाबासीलाई योग संग जोड्ने अभियान रहेको उहाँले सो अवसरमा जानकारी दिनुभयो ।कार्यक्रममा योग समिति नेपालका अध्यक्ष योग गुरू आयुर्वेदाचार्य गिरिराज भट्टराईले योग केन्द्र मार्फत नागरीकमा योग सम्बन्धि सचेतना जगाउने कार्य जारी रहेको बताउनुभयो ।
योग समिति नेपालका अध्यक्ष योग गुरू आयुर्वेदाचार्य गिरिराज भट्टराई को अध्यक्षतामा जानकी गाउंपालिका वडा नं ३ का वडा अध्यक्ष राज कुमार बर्माको प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न गरियो। योग समिति नेपालका कार्य समिति सदस्य एवं योग प्रशिक्षक चिरञ्जीवी ज्ञवालीद्वारा संचालित उक्त कार्यक्रममा योग प्रशिक्षक सागर ज्ञवालीद्वारा स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो।
प्रमुख अतिथि वडाध्यक्ष राज कुमार बर्मा द्वारा पानसमा बत्ती बालेर तथा ब्यानर पढेर विधिवत् रूपमा उद्घाटन गरिएको थियो । कार्यक्रममा संयोजक उषा वाग्ले, अतिथिमा जे. एस. इंग्लिश बोर्डिंग का संचालक दामोदर घिमिरे बोर्डिंग स्कूलका सहायक प्रधानाध्यापक महेन्द्र सेढाई बिनोद रेग्मी संचालक शोभा रेग्मी तुलसी आचार्य योग समिति नेपालका पदाधिकारीहरू, वडा सदस्यहरु, विभिन्न जिल्लाका संयोजकहरु, अन्तर्राष्ट्रिय संयोजक, योग प्रशिक्षकहरु तथा योगीमन भएका ब्यक्तित्व लगाएतहरु को उपस्थित रहेको थियो ।