नेपालगञ्ज असोज १३ गते ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालगञ्ज नगर समितिले आजबाट पुणर्ता भएको छ । पार्टी सभापति रवि लामिछानेको प्रमुख उपस्थितीमा शनिवार सम्पन्न नगर भेलाबाट सभापतिमा गुप्त बहादुर खड्का (नबिन) सर्वसम्मत चयन भएका छन् ।
नगर भेलाबाट खड्काको नेतृत्वमा ११ सदस्यीय नगर समिति गठन भएको बाँके क्षेत्र नं. २ का सभापति विवेक कुमार श्रेष्ठले जानकारी दिए । यस्तै, नगर भेलाले उप-सभापतिमा अर्चना पोखरेललाई चयन गरेको छ।
सचिवमा घनश्याम भट्ट, कोषाध्यक्षमा बुद्धिसागर सुवेदी तथा सदस्यहरुमा कृष्ण प्रसाद मरासिनी, हरिलाल उपाध्याय, असलम अलि कबडिया, नरेन्द्र श्रेष्ठ, स्नेहा प्रसाईं, निभा कुमारी सोनी र बिनिता आचार्य चयन भएका क्षेत्रीय सभापति श्रेष्ठले जानकारी दिए ।
नगरभेलामा प्रमुख अतिथिमा पार्टी सभापति लामिछाने, केन्द्रिय सदस्य रमेश प्रसाई लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।