बाँके असोज १० गते ।
करिब दुई दशक शिक्षण पेसामा बिताइसक्नु भएका नेशनल प्याब्सन बाँकेका निवर्तमान अध्यक्ष श्याम कुवर नेशनल प्याब्सनको केन्द्रिय सदस्यमा मनोनित हुनु भएको छ । कुँवरलाई नेशनल प्याब्सन केन्द्रिय समितिको आज बुधबार बसेको बैठकले मनोनित गरेको हो ।
केन्द्रिय सदस्यमा मनोनित हुनुभएका कुवरले बिद्यालय र विधार्थिको हकहितका लागि केन्द्रमा ससक्त रुपमा लागि पर्ने बताउनुभयो । गुणस्तरिय शिक्षामा जोड दिदै उहाँले आफुले ससक्त भुमिका निर्वाह गर्नेमा विश्वास ब्यक्त गर्नुभयो ।
उहाँले आफू नेशनल प्याब्सन बाँकेको अध्यक्ष रहदा पनि नियमित रुपमा जिल्लादेखि केन्द्रसम्म गुणस्तरिय शिक्षाका लागि पहल कदमी गर्नुभएको छ । यसका लागि विभिन्न चुनौतिहरुलाई झेल्दै शैक्षिक बातावरण सहज बनाउन उहाँले खेलेको भुमिकालाई मुल्यांकन गरी गरिएको यो निर्णयमा कुवरले खुसी ब्यक्त गर्नुभयो ।
कुवर विक्रम संवत् २०५५ सालदेखि शिक्षा क्षेत्रमा सेवारत हुनुहुन्छ । उहाँ हाल बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ स्थित हिमालय बिद्या निकेतन संचालकको रुपमा समेत कार्यरत हुनुहुन्छ । कक्षा ११ सम्म संचालित बिद्यालयमा १२ सय बिद्यार्थि अध्ययनरत छन । उहाँ जिवनको सम्पुर्ण समय शिक्षा क्षेत्रमा नै खर्चनै सोचमा हुनुहुन्छ ।