बाँके असोज ९ गते।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालगञ्जको नगर भेलामा पार्टीका सभापति रवि लामिछाने आउने भएका छन । राष्ट्रिय स्वतन्त्र पार्टीको यही असोज १३ गते नेपालगञ्ज उपमहानगरपालिकाको भेला हुने कार्यक्रम तय भएको कार्यक्रम संयोजक नविन खड्काले जानकारी गराए ।
उनका अनुसार शनिवार बिहान ११ बजे नेपालगञ्ज स्थित सिद्धार्थ कटेजमा भब्य रुपमा कार्यक्रम सम्पन्न गर्ने तयारी रहेको छ । उक्त भेलाबाट नगरको लागि नयाँ नेतृत्व चयन गरिनेछ । जस पश्चात नगर कार्यसमितिले पूर्णता पाउनेछ ।
नेपालगञ्जमा हुने भेलालाई सम्बोधन गर्न मुख्य वक्ताको रुपमा पार्टीका सभापति लामिछाने रह्नेछन भने रमेश प्रसाई पनि वक्ताको रुपमा सम्बोधन गर्ने बाँके क्षेत्र नं. २ का सभापति विवेक कुमार श्रेष्ठले लिमरा खबरलाई जानकारी दिए ।
क्षेत्रीय सभापति श्रेष्ठले भने, ‘हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको नेपालगञ्जको यही शनिवार नगर भेला हुदैँछ । कार्यक्रमलाई भब्य रुपमा सफल पार्न पार्टीका सभापति रबि लामिछाने र रमेश प्रसाई नेपालगञ्ज आउने र वक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।’
सम्पूर्ण नगरवासी शुभचिन्तक एवं घण्टी मित्र उक्त कार्यक्रमलाई भब्यताका साथ सफल बनाउन उपस्थित भई दिनहुन अनुरोध गर्दुछु । कार्यक्रमको लागि सम्पूर्ण तयारी पूरा भईसकेको हुनले लगत्तै पत्रकार सम्मेलन मार्फत जानकारी गराईने कार्यक्रम संयोजक खड्काले बताए ।