मंसूर अली इद्रिशी
नेपालगंज असोज ९ गते-जनता समाजवादी पार्टी नेपाल बाँके निकट ‘समाजवादी महिला संघ नेपालको पुनर्गठन गरिएको छ । जिल्ला समन्वय समितिको कार्यालय बाँकेको हालमा आज आयोजना गरिएको कार्यक्रममा समाजवादी महिला संघको भेलाले गीता मल्लको अध्यक्षतामा महिला संघको सर्बसहमती पुनर्गठन गरेको हो ।
समाजवादी महिला संघको उपाध्यक्षमा लालिमा मल्ल,मीरा बैश सचिवमा सोनी राई लगाएत २२ सदस्यीय समिति रहेको छ । समाजवादी महिला संघ बाँकेका पदाधिकारी तथा सदस्यहरुलाई प्रदेश सांसद माननीय अम्बिका काफले सपथ ग्रहण गराएकी थिइन् ।
अध्यक्ष कमरुद्दीन राईले पार्टीका महिला नेतृहरुलाई सक्रिएर भएर अघि बढ्न उत्प्रेरित गर्दै प्रशिक्षणात्मक मन्तव्य राखेका थिए ।
जसमा लुम्बनी प्रदेशकी प्रदेश सांसद माननीय अम्बिका काफले आफ्नो भनाइसहित शुभकामना दिएकी थिइन् । सो अवसरमा प्रमुख अतिथिमा प्रदेश सांसद माननीय अम्बिका काफले बिशिस्ट अतिथिमा जसपाका जिल्ला अध्यक्ष कमरुद्दीन राई अतिथिमा जनता समाजवादी पार्टी बाँकेका संगठन बिभाग प्रमुख अतहर हुसैन फारुकी जसपा बाँकेका उपाध्यक्ष राजन राना मगर प्रदेश सदस्य माजिद अलि सेख लगायत नेताको उपस्थिति रहेको थियो ।