मंसूर अली इद्रिशी
बाँके असोज ६ गते-जनता समाजवादी पार्टी (जसपा) नेपालको तिन महीने संगठन विस्तार अभियान शनिबारदेखि सुरु भएको छ ।शनिबार बाँके जिल्लामा रहेको जसपा जिल्लाकार्य समितिद्वारा आयोजित कार्यक्रमबाट संगठन बिस्तार अभियानको अभिमुखिकरण कार्यक्रमबाट अभियान सुरु भएको हो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिति पूर्ब मंत्री मोहम्मद इस्तियाक राईले प्रकास पार्दै बाँकेलाई समृद्ध र विकसित बनाउन संघीय लोकतन्त्र र समावेशिता बनाउन आवश्यक रहेको बताउनुभयो । त्यसका लागि निर्णायक भुमिकामा हुन आवश्यक रहेको बताउनुभयो ।
निर्णायक भूमिकामा पुग्न अत्यधिक बहुमत चाहिने र बहुमत चुनावबाटै सम्भव भएकाले अहिलेदेखि नै आउँदो निर्वाचनमा जुट्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । पूर्ब मंत्री राईले देशमा अधिकार सम्पन्न संघीयता हुन नसकेको बताउनुभयो । जिल्लाका सबै पालिकाका वडामा तिन महीने संगठन विस्तार अभियानमा जुटन निर्देशन दिनु भयो ।
सबै अधिकार केन्द्रित गरेर संघीयता बलियो हुन नसक्ने बताउनुभयो । उहाँले राज्यको संवैधानिक, न्याययिक, प्रशासनिक र राजनीतिक नियुक्ति लगायतका कुनै पनि निकायमा समावेशिता नरहेको जिकिर गर्नुभयो । सो अवसरमा प्रदेस संसद अम्बिका काफले नेपालगंजका उपमेयर कमरुद्दीन राई अतहर हुसैन फारुकी माजिद अली शेख देखि जिल्लाका नेता कार्यकर्ता लगायतको उपस्थिति रहेको थियो।