कोहलपुर असोज ५ गते ।
बाँकेको कोहलपुरमा मिस्टर एण्ड मिस २०८० हुने भएको छ । कोहलपुरमा एक पत्रकार सम्मेलन मार्फत सौन्दर्य प्रतियोगिता अर्थात मिस्टर एण्ड मिस २०८० हुने भएको आयोजकले जनाएको छ । सम्मेलन मार्फत आयोजक शारदा इभेन्टले कार्यक्रमको सम्पूणर् तयारी भईसकेको जानकारी गराउदै पहिलो चरणको अडिशन भोलि शनिवार कोहलपुरमै हुने बताएको छ।
अर्को चरणको अडिशन एक साता पश्चात अर्थात असोज १३ गते गर्ने आयोजक रौनिस राज गौतमले जानकारी दिए । उनका अनुसार पहिलो र दोस्रो चरणको अडिशनका लागि कोहलपुरलाई बुझेका चार जना स्थानीय निणर्ायक रह्नेछन भने अन्तिम चरणमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका निणर्ायक रह्नेछन ।
‘उत्खनन् प्रतिभाको, पहिचान कलाको’ भन्ने मुल नाराका साथ हुन लागेको मिस्टर एण्ड मिस कोहलपुर सौन्दर्य प्रतियोगिता सिजन २ का विजेतालाई आर्कषक नगद पुरुस्कार तथा शैक्षिक छात्रवृत्ति समेत प्रदान गरिनेछ ।
आयोजक तथा शारदा इभेन्टका सिईओ गौतमले पत्रकारलाई जानकारी गराउदै विजेतालाई नगद एक लाख र २ लाखको शैक्षिक छात्रवृत्ति उपलब्ध गराउने बताए । उनले भने, ‘नगद पुरस्कार अन्र्तगत विजेतालाई २५/२५ हजार नगद, फस्ट रनअरलाई १५/१५ हजार र सेकण्ड रनअरलाई १०/१० हजार नगद तथा अन्य उपहार उपलब्ध गराईनेछ ।
शैक्षिक छात्रवृत्ति अन्र्तगत ५०/५० हजार, फस्ट रनअरलाई ३०/३० हजार र सेकण्ड रनअरलाई २०/२० हजारको शैक्षिक छात्रवृत्ति उपलब्ध गराईने छ ।’ उक्त छात्रवृत्ति स्वदेश तथा विदेशका लागि समेत प्रदान गरिने र विजयी भएकाले यो सुविधा ५ वर्षभित्र लिइसक्नुपर्ने व्यवस्था गरिएको छ ।