बाँके असोज ३ गते ।
बाँके जानकी गाउँपालिका वडा नम्बर ४ ले संविधान दिवसको अवसरमा वृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । जनताको त्याग, संघर्ष, वलिदान र जनमतबाट प्राप्त संविधान जारी भएको हर्षोल्लासका रुपमा मनाईएका संविधान दिवस २०८० साल असोज ३ गते बुधबारको दिन जानकी गाउँपालिका वडा नम्बर ४ कार्यालयका वडा अध्यक्ष रमेश कुमार बर्मा सहितको टोली र वडा कार्यालयको सहकार्यमा बृहत् सरसफाई अभियान सम्पन्न गरिएको छ ।
सरसफाई अभियानकै क्रममा वडाध्यक्ष रमेश कुमार बर्मा लिमरा खबर लाई जानकारी दिँदै हामी सबैको एउटै सपना जानकी गाउँपालिकालाई सुन्दर र सफा बनाउने भएको भन्दै यस अभियानमा सबैले साथ दिन आग्रह समेत गर्नु भयो । बिहान करिब१० बजे बाट सुरु भएको अभियान १२ बजे सम्म चलेको थियो । अभियानमा झन्डै १५ जना भन्दा धेरै अभियान्ताहरुको सहभागिता रहेको थियो ।
हाम्रो रहर, सफा सुघर जानकी शहर भन्ने मुल नारा सहित सुरु गरिएको सरसफाई अभियानमा वडा अध्यक्ष रमेश कुमार बर्मा वडा सदस्य निजाक अली, स्थानिय वडाबासी वडा कार्यालय कर्मचारी लगाएतको सहभागिता रहेको थियो।