खजुरा भाद्र २८ गते।
बाँकेको खजुरामा सञ्चालनमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल परिसरमा निर्माण गरिएको हस्पिक सेन्टर (बिरामी कुरुवा घर ) को शुक्रवार समुदघाटन हने भएको छ । लायन्स क्लब ईन्टरनेश्नल फाउन्डेस र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आर्थिक सहयोगमा लायन्स क्लब अफ नेपालगन्ज खजुरा र लायन्स क्लब अफ नेपालगन्ज सेन्टरले निर्माण गरेको हो ।
(बिरामी कुरुवा घर ) समुदघाटन तथा भवन हस्तान्तरण लायन्स क्लबका अन्र्तराष्ट्रिय डाईरेक्टर पिएमजेएफ लायन बालकृष्ण बुर्लाकोटीले गर्ने लायन्स क्लब अफ नेपालगन्ज खजुराका अध्यक्ष कृष्ण भण्डारीले बताए । सोही अबसर पारि लायन्स तथा लियो क्लब अफ नेपालगन्ज खजुराको पनि कार्यालय पनि समुदघाटन गरिने भण्डारीले बताए ।
हस्पिक सेन्टर (बिरामी कुरुवा घर) सञ्चालनमा आएपछी क्यान्सर अस्पतालमा आएका जटिल प्रकृतिका बिरामीका कुरुवाहरुलाई धेरै सहज हुने अध्यक्ष भण्डारीले बताए । अस्पतालमा अहिले बहुप्रतिक्षित लिन्याक मेसिन सञ्चालनको अन्तिम चरणमा रहेको छ । लिन्याक मेसिन विकिरणका माध्यमबाट सेकाइ गरेर उपचार गर्ने मेसिन हो । उक्त मेसिनको सेवा लिन एक महिनादेखि ९० दिनसम्म पालो पर्खनुपर्ने बाध्यता हुन्छ ।
हस्पिक सेन्टर (बिरामी कुरुवा घर ) सञ्चालमा आएपछि बिरामी र आफन्तलाई होटलमा बस्नुपर्ने र महंगो पैसा तिर्नुपर्ने बाध्यता टर्नेछ । झण्डै १ करोडा ५० लाखको लागतमा निर्माण् गरिएको हस्पिक सेन्टर (बिरामी कुरुवा घर ) मा १५ वटा कोठा रहेका छन । सबै कोठामा अट्याज बाथरुम र कमन किचन समेत रहेको भण्डारीले बताए । बिरामी र कुरुवाले निशुल्क रुपमा हस्पिक सेन्टर (बिरामी कुरुवा घर) को सेवा लिन सक्ने उनले बताए ।