मंसूर अली इद्रिशी
बाँके भाद्र २७ गते-जानकी गाउँपालिका वडा नम्बर १ मा रहेको शिवपरी माध्यमिक विद्यालयमा विद्यार्थीको चाप बढेको छ । जानकी –१ मा रहेको उक्त सामुदायिक विद्यालयमा विद्यार्थीको चाप अत्यधिक भएपछि विद्यालयमा सीमित दरबन्दी र भौतिक पूर्वाधारको कमीका कारण विद्यार्थीलाई पठन पाठनमा समस्या रहेको विद्यालयका प्रधानाध्यापक देव बहादुर रानाले जानकारी दिए । विद्यालयमा विद्यार्थीको संख्या अनुसार शिक्षक नहुँदा कक्षा सञ्चालनमा बाधा भइरहेको बताए। सो विद्यालयमा बालविकास केन्द्रदेखि कक्षा १० सम्म ७ सय ७८ विद्यार्थी चालु शैक्षिकसत्रका लागि भर्ना भएका प्रधानाध्यापक रानाले बताए।
विद्यालयले अभीभावकबाट कतीको सहयोग पईरहेको छ ?
‘विद्या धनम् सर्वधनम् प्रधानम्’ अर्थात् जीवनको सबैभन्दा श्रेष्ठ सम्पत्ति मानिने शिक्षाले बौद्धिक, सामाजिक, आर्थिक, नैतिक लगायतको सर्वाङ्गीण विकास गर्दै अन्धकार हटाएर उज्यालोतर्फको यात्रामा व्यक्तिलाई अघि बढाउँछ । बालबालिकाको पहिलो पाठशाला घर हो भने आमाबाबु पहिलो शिक्षक हुन् । विद्यालयमा सिकाएर मात्र बालबालिकाको पढाइ पूरा नहुने हुँदा उनीहरूलाई घरमा पढ्ने वातावरण सिर्जना गर्नु अभिभावकको कर्तव्य पनी हो उनले भने ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सतगुर प्रसाद बर्माका अनुसार विद्यालयमा सिकाएर मात्र बालबालिकाको पढाइ पूरा नहुने हुँदा उनीहरूलाई घरमा पढ्ने वातावरण सिर्जना गर्नु अभिभावकको कर्तव्य हुन आउँछ । वास्तवमा बालबालिकाको सिकाइ सुनिश्चितता गर्न अभिभावक स्वयम् सजग बन्नुपर्ने हुन्छ । शिक्षाको गुणस्तर वृद्धिका लागि विद्यालय तथा घरमा बालबालिकाको अध्ययन गर्ने बानी विकास गर्दै सिकाइ निरन्तरतामा सहयोग पु¥याउने अभिभावकहरू अघि बढ्न आवश्यक रहेको छ ।
विद्यालयका पूर्ब प्रधानाध्यापक ड्रोण थापाले लिमरा खबरलाई जानकारी दिँदै विद्यालयहरूको सुधारमा सबैको सकारात्मक सोच र सहयोगी हातहरू मार्फत विद्यालय व्यवस्थापनमा सक्षमता ल्याउन सकिन्छ । आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयहरुमा जिम्मा लगाएर मात्र हुँदैन, अब शैक्षिक सुधारको अनुगमनकर्ता, नियमनकर्ता र सच्चा अभिभावकको भूमिका खेल्न जरूरी देखिन्छ ।
स्थानीय वडा कार्यालयबाट आ.ब.२०८०/०८१ मा शिवपरी माध्यमिक विद्यालयमा दुई लाख बजेट बियोजन गरेको वडाध्यक्ष मोहम्मद रजा राईले बताए । विद्यालयको भौतिक संरचना कक्षाकोठामा फर्निचर अभावका कारण सबै विद्यार्थीलाई असहज भएको उनले जानकारी दिए ।
विद्यालयमा पढाइसँगै पोशाक, वातावरणीय, व्यक्तिगत सरसफाइ र खेलकूदमा ध्यान दिन थालिएपछि निजी विद्यालयमा पढने विद्यार्थीसमेत यस विद्यालयमा भर्ना भई पढ्न थालेका छन् । चालु शैक्षिक सत्रमा विद्यालयमा ७७८ जना विद्यार्थी भर्ना भएका छन् । चालु शैक्षिक सत्रमा शतप्रतिशत विद्यार्थीलाई अन्तिम परीक्षामा सहभागी गराउने विद्यालयको योजना रहेको छ । पढाइको गुणस्तरमा सुधार गर्दै जानु र चुस्त व्यवस्थापनका कारण विद्यार्थीको सङ्ख्या बढ्दै गएको विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेश थापाले बताउनुभयो ।