बाँके भदौ २५ गते ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० स्थित रहेको विमानस्थलबाट स्रोत नखुलेको २६ लाख रुपैयाँसहित एक सरकारी कर्मचारी पक्राउ परेका छन्। पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय तुलसीपुरका कर अधिकृत खगेन्द्र सापकोटा रहेका छन्।
विमानस्थलमा सुरक्षा जाँचका क्रममा सापकोटाको झोलामा ठूलो मात्रामा स्रोत नखुलेको नगद फेला परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरीका अनुसार सापकोटा श्री एयरको उडानमार्फत काठमाडौं आउँदै थिए ।
उनलाई थप अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगञ्जमा बुझाइएको छ।