बाँके भाद्र २४ गते ।
नेपालगञ्जस्थित कारकादो एक होटलमा कालिकोटबाट वेपत्ता भएका आमा छोरा नास्ता खाने क्रममा भेटिएको छ । मान्म बजारमा व्यववसाय गर्दै आएकी जैसी भगवतीमाई-५ कट्टीका दानबहादुर शाहीकी कान्छी पत्नी हुन् ।
गएको बिहीबार राति ९ बजे मान्म बजारको सुवेदी होटलमा खाना खाएर सुत्न नावगैरास्थित कोठा गएका आमाछोरा बिहान नभेटिएपछि कुनै घटनामा परेको शंका भएको थियो । नेपालगञ्ज पुगेकी शाहीले कालीकोटमा रहेकी भाउजुसँग फोनमा कुरा गरेपछि उनीहरुको अवस्था खुलेको कालीकोटका प्रहरी निरीक्षक यज्ञराज जोशीले जानकारी दिए ।
उनकाअनुसार बाँके प्रहरीले नियन्त्रणमा लिएर कालीकोट पठाउने तयारी गरिरहेको छ । आफन्तलाई अपहरणमा परेको भने पनि कालीकोट ल्याएपछि सबै प्रस्ट हुने जोशीले बताए । पतिसँग झगडा परेर एक्लै बस्दै आएकी जैसी र उनका ४ वर्षीय छोरा बेपत्ता भएको खबर आएपछि प्रहरी खोजीमा सतर्क भएको डीएसपी अर्जुन केसीले बताए ।