मंसूर अली इद्रिशी
नेपालगंज भदौ १८ गते-सशस्त्र प्रहरी बल बढैया बिओपीलेभन्सार छली गरेर ल्याइँदै गरिएका ठूलो परिमाणमा अवैध कपडा बरामद गरेको छ । सशस्त्र प्रहरी बल बढैया बिओपीबाट सशस्त्र प्रहरी निरीक्षक हरी बहादुर शाहीको कमान्डमा खटिएको टोलीले सोमबार राती १२:१५ बजे भारतबाट भन्सार छली गरेर जानकी गाउँपालिका वडा नम्बर १ शिवपरीबाट ल्याउँदै गरेको ठुलो परिमाणको अवैध कपडा बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक हरी बहादुर शाहीले जानकारी दिएका छन् ।
बिशेष सूचनाका आधारमा गएको प्रहरी निरीक्षक शाहीको टोलीले जानकी १ शिवपरीबाट भारतबाट लुकाईछिपाई नेपालगन्ज ल्याउँदै गरिएको ५ लाख ४७ हजार ४ सय रुपैयाँ बराबरको लत्ताकपडा जुत्ता बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक शाहीले बताए ।
सशस्त्र प्रहरी बल बढैया बिओपीका अनुसार बरामद गरिएका अवैध लेडिज कुर्ता सरवाल २०१ पिस २ लाख ९१ हजार ३ सय रुपैयाँ बराबरको जुत्ता २९ जोर ५८ हजार लेडिज कुर्तीको ६८ थान कपडा ६८ हजार र ७२ हजार रुपैयाँ बराबरको ७२ पिस बिवाहामा लगाउने साडी धोती ७३ पिस ५१ हजार १ सयको साइकल ७ वटा ७ हजार बराबरके समान रहेका छन् ।
बरामद गरिएका सबै अवैध लत्ताकपडालाई आबश्यक कारबाहीको लागि सोमबार दिउँसो नेपालगन्ज भन्सार कार्यालय बुझाइएको र जानकी गाउँपालिका वडा नम्बर १ शिवपरी सिमा नाका नजिकैबाट घर पलुवा रक्शी (दारू) ५०० लीटर बरामद गरी नस्ट गरिएको सशस्त्र प्रहरी निरीक्षक शाहीले लिमरा खबरलाई जानकारी दिएका छन् ।