काठमाडौं भदौ १७ गते।
काठमाडौंको पेप्सीकोलामा बसले तीनवटा सवारीसाधनलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।उक्त दुर्घटनामा पाँच जना घाइते भएका छन् । पेप्सीकोलाबाट जडिबुटीतर्फ जाँदै गरेको बसले जिप‚ मोटरसाइकल र स्कुटरलाई एकैपटक ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक सर्लाहीका २१ वर्षीय राज भट्टराईको मृत्यु भएको प्रहरी वरिष्ठ नायब निरीक्षक टंकप्रसाद शिवाकोटीले जानकारी दिए । उनका अनुसार भट्टराईको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
अन्य घाइतेहरुलाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।बा ३ ख ४८४८ नम्बरको बसले आज बिहान पौने आठ बजेको समयमा बा ६ च ५३४२ नम्बरको बोलेरो जिप‚ बाप्र ०२-०४१ प ४८३८ नम्बरको मोटरसाइकल र बाप्र ०२-०३७ प ५३११ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।