बाँके भदौ १७ गते ।
नेपालगंज उपमहानगरपालिका वडा नम्बर १८ मा जनमत पार्टीले महिला जनमत संघ वडा स्तरिय समिति गठन भएको छ । सो कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका जनमत पार्टीका नगर अध्यक्ष शुभम गुप्ता ज्युको प्रमुख अतिथिमा अमृता थापा शेखको अध्यक्षतमा ३३ सदस्यीय समिति चयन गरिएको जनमत पार्टीका युवा नेता शुभम गुप्ताले बताउनु भयो ।
नेपालगंज उपमहानगरपालिका वडा नम्वर १८ मा जनमत महिला संघ बाँकेकी अध्यक्ष रेखा झा को पहल मा अमृता थापा शेखको अध्यक्षतामा ३३ सदस्यीय जनमत महिला संघ वडा समिति गठन सम्पन्न भएको छ। थापाले भनिन आवने दिनमा महिला जनमतलाई अझ बिस्तार गरि घर घर सम्मा पुर्याउने जिम्मेवारी अब महिला जनमत संघको भएको समेत जानकारी गराएकी हुन।
जनमत पार्टीका नगर अध्यक्ष युवा नेता गुप्ताले चयन भएका सबै पदाधिकारीहरुलाई जनमत पार्टीको उद्देश्यलाई घर घर टोलटोलमा पुर्याउने निर्देशन समेत दिएका छन। आजको कार्यक्रम पश्चात् विभिन्न पार्टी परित्याग गरि एक दर्जन भन्दा बढि महिला जनमत पार्टीमा प्रवेश गरेको जानकारी महिला संघ बाँकेकी अध्यक्ष रेखा झाले लिमरा खबरलाई बताएकी छिन।