बाँके भदौ १५ गते।
भारतले प्याज अयातमा रोक लगाए पनी रुपैडिहाबाट जमुनहा नाका हुदै प्याजको तस्करी हुन थालेको छ। यसअघि कपडा, हार्डवेयर, चिनी, तेल लगायतको चोरी तस्करी गर्नेहरु नै अहिले प्याजको तस्करीमा लागेका छन्। रुपैडिहा बजारबाट तस्करी गरेर नेपालगंजमा रहेको गोदाममा ब्यापारीले भण्डारण राखेर नक्कली कागजात बनाई शुर्खेत दांग काठमाडौंसम्म पठाउने गरेका छन्।
बाँकेका एक जना किसानले लिमरा खबरलाई भने हामीले अर्गानिक खेती गरिरहेका छौँ। जसको कारण लागत बढी पर्छ र मूल्य महंगो पनि पर्छ। तर सीमापारी रुपैडिहाबाट कम लागतमा उत्पादन गरेका विषादी प्रयोग भएका प्याज बिना रोकतोक ल्याइएको छ। खुलेआम मोटरसाईकल, साईकलमा बोराका बोरा अबैध रुपमा प्याज, जमुनहा नाका हुदै नेपालगंजमा भित्रिरहेको छ।
सीमा नाका जमुनाहमा खटेको सशस्त्र प्रहरी नेपाल प्रहरीको आँखा अगाड़ी नै लाखों लाखको रुपैडिहाबाट नेपालगञ्ज तर्फ अबैध रुपमा प्याज आईरहेको छ। सशस्त्र प्रहरी नेपाल प्रहरी मौन देखिएका छन, नेपालगञ्जको जमुनाह, साईंगाउ नाका हुँदै सबैभन्दा बढी प्याज अबैध रुपमा नेपाल भित्रिइरहेको छ।
नेपालगञ्जबाट भित्रिएको प्याज चौलिका ट्राफिक चौक हुँदै नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० आदर्श नगर तर्फ गोदाममा जाने गरेको देखिएको छ। प्रहरीसँगको मिलेमतोमा तस्करहरुले भारतीय बजार रुपैडिहाबाट प्याज तस्करी गरेर नेपाल भित्र्याइरहेका छन्। प्रहरीको सेटिंगमा नै प्याज तस्करी तस्करसँग मासिक किस्ता बुझ्नेगरी तस्करहरु नै बताउँछन्।
जमुनाह नाकाबाट मात्रै दैनिक डेढसय बढी तस्करहरुले प्याज नेपाल भित्र्याउँछन्। डेढ सयजनाबाट प्रहरीले दैनिक यही नाकाबाट मात्रै ७५ हजार रुपैयाँसम्म असुल्ने गरेको श्रोतको भनई छ। स्थानीय ऋषि शर्माले भने लाइन लागेर दिनहुँ खुलेआम तस्करी हुँदासमेत प्रहरी प्रशासन मौन बसेको बताउँछन्। यसरी खुलेआम राजश्व छल्दासमेत असुलीकै कारण प्रहरी मौन छ’, उनले भने।
यो तत्काल रोक्नुपर्छ। चोरी पैठारी भईराख्यो भने राज्यको लाखौं राजश्व गुम्छ। विषादी परीक्षणविनै धमाधम तस्करीको प्याज नेपाल भित्रिँदा यो सिधै उपभोक्ताको भान्छामा पुग्छ। यसले मानव स्वास्थ्यलाई पनि दीर्घकालीन असर पार्नसक्ने चिकित्सकहरु बताउँछन्। यसरी अवैधरुपमा तस्करी गरि नेपालगञ्ज भित्र्याइएको प्याज रानी तलाव मण्डी लगायतका ठाउँमा विक्री हुँदै आएको छ।