जानकी भदौ १३ गते।
जानकी गाँउपालिका वडा नम्बर २ बेलभारमा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन थालेको छ । आज बनकटवा चौकमा रहेको बिनोद मण्डलको घर अगाडी सार्वजनिक जग्गा अतिक्रमण गरेको ठहरा हटाइएको हो । वडाध्यक्ष चन्द्रिका प्रसाद गुप्ताको रहोबरमा उक्त सडकको अतिक्रमण जग्गा खाली गराइएको हो । परसपुर, बेलभार हुदैँ गौघाट जाने सडक खण्डमा निर्माण हुदैँ गरेको कालोपत्रेका लागि अतिक्रमण हटाइएको हो ।
गाँउपालिका प्रमुख छब्बन खान उप प्रमुख रामप्यारी यादव वडा नम्बर २ का वडा अध्यक्ष चन्द्रिका प्रसाद गुप्ता लगायतको टोलीले पटक पटक ठाउँमा पुगेर अतिक्रमित जग्गा खाली गर्न अन्तिम अल्टिमेटम समेत दिएको थियो । केहील स्थानीयले आफुखुसी अतिक्रमित जग्गा हटाईहाले र केहीले भने अटेरी गरे ।’
स्थानीय बिनोद मण्डलले टहरा हटाउन अटेरी गरे पछि डोजर चलाउने तयारी गरिएको थियो । त्यसै अनुसार नेपाल प्रहरी र जानकी गाँउपालिकाका अमिन र स्थानीय समाजसेबी वडा अध्यक्ष चन्द्रिका प्रसाद गुप्ता लगायतको उपस्थित थिए। यसअघि पटक पटक टहरा हटाउन सूचना समेत जारी गरेको थियो।
क्रस ड्रेनेज संरचना र डामर कंक्रीट कामका लागि लुम्बिनी प्रदेशको लागतमा १९ करोड २६ लाख ६० हजार आठ सयमा ठेक्का पाएको निर्माण व्यवसायी एम एस के एस बसुलिङ्ग अनिल तेज जेभि धनगढीलाई काम गर्न सास्ती भएपछि वडाध्यक्ष गुप्ताको अगुवाई तथा स्थानीयहरुको उपस्थितीमा सडकको जग्गा अतिक्रमण गरेर बनाइएको टिनको टहरा तथा कच्ची घर भत्काइएको हो ।
निर्माण व्यवसायीले निर्माण गर्दै गरेको बाटो फराकिलो बनाउनुपर्ने स्थानीयले वडाध्यक्ष समक्ष माग गर्दै आईरहेका उनले जानकारी गराए । जस पश्चात ठेक्का पाएको कम्पनी संग सहजीकरण गर्दै घुमाउरो बाटोमा बनेका संरचना हटाइएको हो । उनले भने, ‘विकासको काममा बाधा पुर्याउनु हुन्न । एक दुई जना स्थानीय बाहेक यस सडकको विषयमा सकात्मक रहेका छन ।
निर्माण स्थलमा रिर्पोटिङ्गमा पुगेका मिडियाकर्मीसंगको अन्र्तवार्तामा वडाध्यक्ष गुप्ताले भने, ‘बाटोको जग्गामा केही घर बनेका थिए । केहीले स्थानीयले आफुखुसी त्यहाँबाट संरचना हटाईहाले र केहीले भने अटेरी गरेपछि स्थानीयहरुकै हिकका लागि यस्तो कदम उठाउनुपरेको वडाध्यक्ष गुप्ताले लिमरा खबर लाई बताए ।