मंसूर अली इद्रिशी
नेपालगंज भदौ १२ गते-बाँके बर्दिया तराई तथा मधेस क्षेत्रमा बसोबास गर्न रुचाउने मुस्लिम समुदायको आफ्नै एउटा धर्म आफ्नै भाषा सस्कृतिक आफ्नै परम्पराको पहिचान रहेको छ । सदियों देखि यो जातीका मानिसहरू कुनै न कुनै प्रकारले उत्तपिडनको सिकार बन्दै आएका छन । ईस्लाम धर्मसँग सम्बन्धित मदरसामा शिक्षा दिने मौलवी र मौलानाको आवस्यकता रहेपनी स्थानीय सरकारले आफ्नै मनमौजी हिसाबले शिक्षक भर्ना गरेको कुरा यथावत छ ।
ईस्लाम धर्मसँग सम्बन्धित शिक्षा प्रदान गर्न पवित्र स्थललाई मदरसाको रुपमा लिने गरिन्छ। मदरसा शिक्षा पद्धति धार्मिक ग्रन्थ कुरानमा आधारित छ । कुरान अरबी भाषा लेखिएको छ। यसमा ११४ भागहरु रहेका छन। मदरसा अरबी शब्द हो जो (द.र.स) धातुबाट आएको हो। जसको अर्थ हुन्छ पढ्नु वा पढाउनु । मदरसा शिक्षा हजरत पैगम्बर मोहम्मद (सल्लल्लाहु ताअला अलैहि वसल्लम) को भनाई र गराईसँग सम्बन्धित छ। मुस्लिमहरुले शिक्षा प्रदान गर्न निकाय वा शिक्षण संस्थालाई मकतब भनिन्छ।
आफ्नै छुटै रहनसहन आफ्नै छुटै परम्परागत शिक्षाको कारणले, महिलाहरुलाई शिक्षाको पहुँचबाट बञ्चित, समुदायमा शिक्षाको कमिको कारण तथा राज्यसत्ताको शैक्षिक नितिमा बिभेदको कारण मुस्लिम समुदाय दिनप्रतिदिन गरिबिको रेखामुनि बाच्न बाध्य भैइरहेको कुरा सर्व बितिदै छ।
वर्तमान अवस्थालाई हेर्ने हो भने नेपालमा रहेका मुस्लिम समुदायका बालबालिकाहरुको शिक्षा रास्ट्रीय मूलधार शिक्षाबाट बाहिर परेको अवस्था रहेका छन। प्राथमिक शिक्षाको लागि मदरसा वा मस्जिदमा अध्ययन गर्छन् मुस्लिम समुदायको लागि राज्यले शिक्षाको मुल प्रवाहबाट बाहिर परेका समुदायलाई शिक्षाको पहुँच पुर्याउन र गुणस्तरीय शिक्षा दिने नीतिगत व्यवस्थाहरु कार्यक्रमहरु र योजनाहरु समेत अघि सारेका छन तर अति उत्तपिडित समुदाय जात जातिमा शिक्षा प्रवाह हुन नसक्नु बिडमबना नै मान्नु पर्दछ।
सरकारले अनिवार्य र निस्शुल्क आधारभूत शिक्षा पाउने अधिकारलाई मौलिक हकको रुपमा संविधानले समेत व्यवस्था गरेको छ तर मुसलिम समुदायमा सञ्चालनमा रहेका मस्जिद तथा मदरसाहरुको विस्तृत तथ्यांक संकलन गर्न,मदरसा शिक्षाको अध्ययन अनुसन्धान र प्रवाभकारी करणका लागि र व्यवस्थापनका लागि रास्ट्रीय मदरसा शिक्षा व्यवस्थापन परिषद् सञ्चालन सम्बन्धी व्यवस्था २०६९ साल स्वीकृत दिइएपनी समाजिक रुपले पछिडिएका मुस्लिम समुदाय र मुस्लिम समाजका बालबालिकाहरूको शिक्षामा समानातामुलक पहुच,सहभागिता र गुणस्तरीय शिक्षा प्राप्त गर्न अवसर पाईरहेको छैन ।
सबैको लागि शिक्षाको पहुच पुर्याउनु राज्यको दायित्वभित्र पर्दछन तर अझै पनि मुस्लिम समुदायको मदरसा शिक्षा रास्ट्रीय शिक्षाको मूलधारमा आउन नसक्नु राज्यको लागि समस्या र जलदोबल्दो चुनौतिको रुपमा रहेका छन् । राज्यले मदरसा शिक्षाको विकास संरक्षण र संवर्धनका लागि आवश्यक पहल र मार्ग निर्देशन गर्नुपर्दछ । मदरसा शिक्षाको लागि अनुमति भौतिक पुर्वाधार अनुदान पाठ्यपुस्तक समाग्री र मान्यता लगायत आदिको समेत व्यवस्था गर्नुपर्दछ ।
नेपालको संविधानले विभिन्न आयोग मार्फत नेपाल भित्र रहेका उत्त्पिडित जातजातिको उत्थान तथा हक अधिकार सुनिश्चिताको लागि आयोग गठन गरेर सामधान गर्ने लिखित धारा नै छ । त्यही संविधानको मर्म रभावना अनुरुपनै मुस्लिम आयोगको गठन भएकोछ। नेपालमा खासगरी बाँके कपिलबस्तु धनुषा रौतहट सिरहा सुनसरी रुपन्देही महोतरी झापा सर्लाही काठमाडौ लगायतका जिल्लाहरुमा मदरसा शिक्षा सञ्चालनमा रहेका छन् ।