मंसूर अली इद्रिशी
बाँके,भदौ,१०गते-नेपालगञ्ज उपमहानगरपालिकाको बजार भित्र छाडा पशु चौपायाका कारण सवारी दुर्घटनाको जोखिम बढ्दै गएको छ । नेपालगञ्ज र राजमार्ग छेउछाउमा छाडा चौपायाका कारण दुर्घटनाको जोखिम बढ्दै गएको हो । नगरसंगे जोड़े साबिक वडाहरु परसपुर बालेगाऊ पुरैना पुरैनी कोरियनपुर भिर्कुटीनगर आदर्शनगर लगायतका ठाउँमा छाडा पशु चौपाया नियन्त्रण गर्न सकिएको छैन ।
छाडा पशु चौपाया नियन्त्रण गर्न स्थानीय वडा पनी मौन देखिएको छ। संविधानमा स्थानीय सरकार सञ्चालन ऐनको परिच्छेद–३ अन्तर्गत दफा-११ को उपदफा २ मा छाडा पशु चौपाया नियन्त्रण गर्ने अधिकार स्थानीय सरकारलाई सुनिश्चित गरेको छ । नेपालगञ्ज उपमहानगरको शुर्खेतरोड सडकमै लाम लागेका छाडा चौपाया सवारी साधन नै अवरुद्ध हुने गरी बस्ने गरेका छन् । खजुरारोड सडकमा देखिने छाडा पशु चौपाया नियन्त्रण गर्न नेपालगञ्जबासीले पटक (पटक स्थानीय निकायमा आग्रह समेत गर्दे आएका छन।
नेपालगञ्ज बाजार छेत्रमा पनि छाडा पशु चौपाया गधाको समस्या बढ्दै गएको छ । अन्यत्रका सडकमा छाडा पशु गाईगोरुले दुःख दिने गरे पनि यहाँ गाईगोरुका अतिरिक्त गधा, घोडासमेत सडकमै देखिने गरेको स्थानीयको भनाइ छ ।
छाडा पशु चौपायाका कारण दुर्घटना बढ्दै किसानहरुको धानबाली नस्ट भएकोले नियन्त्रण गर्न स्थानीय सबै पालिकाको समन्व आवश्यक रहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार सडकमा छाडिएका पशु चौपायाका कारण ठूलो दुर्घटना हुने जोखिम कायम रहेको आवगमनमा समेत अवरोध हुने गरेको छ।