बाँके भदौ ९ गते ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३ एकलैनीमा रहेको मुस्लिम फत्ते मोहम्मद मुसाफिरखानामा राष्ट्रिय स्वराज पार्टीले भव्यरूपले अंतरकिर्या कार्यक्रम सम्पन्न गरेको छ । अब्दुल कादिर साईको अध्यक्षतामा कार्यक्रम शुरू भएको हो । सो कार्यक्रम संचालन केन्द्रीय महिला नेतृ जोया शेषले गरेकी थिइन स्वागत मन्तब्य जाबिर हल्वाईले गरेका थिए।
प्रशिक्षण दिनेमा केन्द्रीय नेता राजा सिंह, केन्द्रीय अध्यक्ष इरफान अहमद शेषले प्रशिक्षण कार्यक्रम चलाएका थिए। उक्त कार्यक्रममा मुख्यरूपमा संगठन निर्माण तथा प्रशिक्षण बार्डर सम्बन्धि समस्या तथा स्थानीय सरकारले अहिले गरिरहेको अन्यायको बारेमा समेत छलफल भएको छ ।
शेषले गरिब, किसान मजदुर फुटपातमा जीवन यापन गर्नेहरु तथा रिक्सा चालकहरुको समस्या बारे समेत प्रकाश पारेका थिए । आउने दिनमा गरिब, किसान मजदुर फुटपातमा जीवन यापन गर्नेहरुको लागि अन्दोलन गर्न पर्यो भने पछि नपर्ने बताएको छ। कार्यक्रममा दुई सय पचास जनाको उपस्थिति रहेको जानकारी को लीमरा खबरलाई जिल्ला उपसभापति राम निवास शाहुले जनाएका छन।