मंसूर अली इद्रिशी
नेपालगंज भदौ ८ गते-जानकी गाउँपालिका वडा नम्बर १ स्थित सशस्त्र प्रहरी सीमा सुरक्षा बल जैसपुर (बंदरगाह) बिओपीको पहलमा सीमा सहजीकरण समिति गठन गरिएको छ। जानकी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष मोहम्मद रजा राईको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको हो ।
समितिले अन्तर्राष्ट्रिय सीमानाकामा हुने अपराधिक क्रियाकलाप सम्बन्धी समस्या समाधान तथा व्यवस्थापनको निम्ति सुरक्षा निकायलाई सहयोग पु–याउन सशस्त्र प्रहरी निरीक्षक बिरेन्द्र लम्सालको सक्रियतामा वडाध्यक्ष मोहम्मद रजा राईको अध्यक्षतामा समिति गठन गरिएको छ ।
समितिको बैठकले सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न, सुरक्षा निकायलाई सहयोग पु–याउन, सिमा स्थम्भको अवस्था अपराधबारे सुचना जानकारी गराउन, शंकास्पद व्यक्ति सिमा नाकाबाट प्रवेश गर्नेहरूको बारेमा जानकारी गराउन हरेक महिनाको अंतिम शुक्रवार बैठक बस्ने निर्णय गरेको बताइएको छ।
उक्त समितिका अध्यक्ष जानकी-१ का वडाध्यक्ष मोहम्मद रजा राई, जैसपुर बिओपीका सप्रनि बिरेन्द्र लम्साल, सचिव सदस्यमा शान्ति पुनर्स्थापना ग्रह बाँकेकी प्रतिनिधि शिर्जना गौतम नागरिक समाजका उमेश नाथ मिश्रा,मदरशाका शिक्षक रशीद अहमद राई,लिमरा खबर डटकमका समाचार प्रमुख पत्रकार मंसूर अली इद्रिशी, उद्योग वाणिज्य संघ नेपालगंजका कार्यसमिति सदस्य डम्बर बहादुर चन्द साईंगांऊ प्रहरी चौकी इंचार्ज फत्ते शिंह चौधरी एकता शिक्षा समाजका सकिल अहमद राई रहेका छन्।