मनीष बर्मा
रुपैडिहा भदौ ५ गते-ऊत्तर प्रदेश जिल्ला बहराईच रुपैडिहा थानाले नेपाल–भारत सीमा नजिकैबाट एक तस्करलाई पक्राउ गरेको छ । उनको साथबाट नेपालका डिस्टिलरीमा बनाइने कच्ची तथा विदेशी रक्शी ठूलो परिमाणमा बरामद भएको छ । श्रोतका अनुसार नेपालबाट ठूलो परिमाणमा कच्ची रक्शी जंगलको बाटो ल्याउँदै गरेको एक युवकलाई जङ्गल नजिकै लुकेर बसेका रुपैडिहा थानाका प्रहरीले पक्राउ गरेको छ।
रुपैडिहा थानाका इन्स्पेक्टर कृष्णकुमार सिंहको कमाण्डमा खटीएको प्रहरी जवान अशोक प्रजापति, लक्ष्मण गौड, भीष्म यादवसहित मोबाईल टोली गस्तीमा निस्किएका थिए । भगवानपुर करिङ्गा वन चौकी नजिकैबाट जाँदै गरेको एक युवकलाई जंगलको छेउमा रोके र खानतलाशी गर्दा युवकले बोराभित्र ४० लिटर कच्ची रक्शी र नेपाली ब्राण्डको कर्णाली सौफी रक्शी बरामद भएको छ ।
युवकको परिचय रुपैडिहा थानाको जिगरिया रामपुर मुन्ना पाठक गाउँका रामकुमार भन्ने लिलाउ सोनकरको रूपमा भएको छ। पक्राउ परेका अभियुक्तलाई अन्तःशुल्क ऐन अन्तर्गत कारागार चलान गरिएको एसएचओ शमशेरबहादुर सिंहले लिमरा खबरलाई जनाएको छ ।