काठमाडौं भदौ २ गते।
प्रभु साह नेतृत्वको आम जनता पार्टीले आम मुस्लिम मोर्चाको गठन गरेको छ । आजपाले ६३ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको हो । देशमा संचालित मदरसाहरुलाई कानूनी मान्यता दिलाउन आज आम मुस्लिम मोर्चाले काठमाण्डूमा मदरसा शिक्षा ऐन तथा मदर्सा बोर्ड गठन”को आवश्यकता सम्बन्धी बृहत् अन्तरक्रिया गरेको छ ।
मोर्चाको इन्चार्जमा इस्लाम हवारी, अध्यक्षमा लालबाबु मन्सुरी, उपाध्यक्षमा लकमान मंसुरी मिया, इस्लाम मिया र सविना खातुन रहेको अध्यक्ष साहले बताए । महासचिवलमा शेख मोविन, सचिवमा फिरोज हवारी र मो. जाविर नवाव र कोषाध्यक्षमा सनिफ मिया रहेका छन् ।
सोअवसरमा मुस्लिम आयोगको सभा हलमा मौलाना अधिवक्ता तथा विभिन्न संघसंगठनका प्रतिनिधि लगायतको उपस्थितिमा अन्तर्क्रिया मदरसा शिक्षा ऐन मदरसा बोर्ड गठनको लागि सरकारलाई दवाब दिन विभिन्न कार्यक्रम गर्ने निर्णय समेत भएको आजपा सचिवालयले जनाएको छ ।