नेपालगञ्ज सावन २८ गते।
नेपाल प्रेस युनियन, बाँकेको १२ औं जिल्ला अधिवेशनबाट भिस्मा लोध सचिवमा निर्वाचित भएका छन् । शनिबार जिल्ला समन्वय समिति बाँकेको सभाहलमा भएको १२ औं जिल्ला अधिवेशन तथा साधारणसभामा प्रेस युनियन बाँकेको नयाँ कर्यासमिति चयन गरेको हो ।
प्रेस युनियनको अध्यक्षमा प्रियास्मृति ढकाल उपाध्यक्षमा कमल खत्री र उपाध्यक्ष (महिला) मा निशा शाह सहसचिवमा माया अधिकारी र कोषाध्यक्षमा खडक खत्री निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरुमा समिर शाही, बिक्रम बुढाक्षेत्री, रामप्रसाद आचार्य, मार्शलराज अनिल गौतम, आरती कट्टेल, लक्ष्मी गौडेल, सावित्री विश्वकर्मा, निर्मलाकुमारी थारु, सुविता थारु, अभिशेष गुप्ता, रबि कनोजिया, सलामत अली शेष, प्रेम सिंह एसके र सुकराम चिडिमार निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत जनकबहादुर शाहीले जानकारी दिएका छन् ।