तौलिहवा सावन २७ गते ।
कपिलवस्तु जिल्लामा राष्ट्रिय स्वराज पार्टीको जिल्ला कार्यसमिति बिस्तार भएको छ । कपिलवस्तु जिल्लाको तौलिहवा नगरपालिकाको पाल्म होटलको सभाहलमा भएको राष्ट्रिय स्वराज पार्टीको कार्यक्रमबाट राम उग्रह चौधरीको नेतृत्वमा २१ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको हो ।
स्वराज पार्टी कपिलवस्तुका जिल्ला अध्यक्ष राम उग्रह चौधरीको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्यसमिति बिस्तार भएको छ । स्वराज पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज ध्रुब शर्मा (स्वामी बाबा) को पहलमा केन्द्रीय अध्यक्ष इरफान अहमद शेषको विशेष उपस्थितमा जिल्ला कार्य समिती गठन गरिएको राष्ट्रिय स्वराज पार्टीले जनाएको छ ।
सो क्रममा ठुलो संख्यामा अन्य पार्टी परित्याग गरि नेता तथा कार्यकर्ताहरु राष्ट्रिय स्वराज पार्टीमा प्रवेश गरेको पार्टीका युवा नेता रोशन साहले जानकारी दिए। उनका अनुसार पछिल्लो समय राष्ट्रिय स्वराज पार्टीमा नव प्रवेशीहरुको लर्को लागेको छ ।
उक्त कार्यक्रममा केन्द्रीय नेतृत्व र विभिन्न जिल्लाका नेताहरुको उपस्थिति थियो रुपन्देही जिल्लाका सभापति सुरेशमणी त्रिपाठी , रुपन्देही जिल्ला उपाध्यक्ष सीता थारू, युवा नेता अनिस खान, बाँके जिल्लाका दलित नेता बिष्णु खटिक, बाबुराम कोरी, जलालुद्दीन हल्वाई लगायत नेताहरूको उपस्थितिमा भएको कार्यक्रम मोहम्मद हुसेन दर्जिको अध्यक्षतामा सम्पन्न भएको जानकारी युवा नेता बिके मधेसीले लिमरा खबरलाई जनाएका छन।