मंसूर अली इद्रिशी
दाङ सावन २६ गते-लुम्बिनी प्रदेशसभामा दर्ता भएको निजामती कर्मचारी सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा सरोकारवाला संग छलफल शुरू गरिएको छ। लुम्बिनी प्रदेशसभाको प्रदेश मामिला तथा कानून उपसमितीले सम्बन्धित सरोकारवाला र अधिकारिक ट्रेड युनियनसंग सल्लाह सुझाव तथा छलफल गरिएको हो ।
प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठको संयोजकत्वमा गठित उपसमितिले विषयगत सरोकारवालाहरू सँग छलफल शुरू गरिएको छ । छलफलमा उपसमितिका सदस्यमा माननीय निमा गिरी, माननीय अम्बिका काफले, माननीय शुशिला बादी नेपाली, माननीय इन्द्रजीत थारू ,माननीय रत्न बहादुर खत्री, माननीय राजकुमार चौधरी उपसमिति सदस्य रहेका छन ।
लुम्बिनी प्रदेशसभामा दर्ता भएको निजामती कर्मचारी सेवाको गठन शर्त सम्बन्धमा बेवस्थापन गर्न बनेको बिधयेक २०८० माथी निजामती कर्मचारीको सेवा प्रवाह र वृद्धि विकासको विषयमा सुझाव संकलन भएको थियो । सुझाव संकलन जारी रहेको उपसमितिका सदस्य माननीय अम्बिका काफले ज्युले लिमरा खबरलाई जानकारी दिनु भयो ।