मंसूर अली इद्रिशी
बाँके सावन २३ गते-नेपालगन्ज उपमहानगरपालिका सम्पूर्ण विद्यालय चार दिनका लागि बन्द गरिएको छ।आँखा पाक्ने रोगको प्रकोप बढेसँगै नेपालगन्ज उपमहानगरपालिले आँखा पाक्ने रोगको संक्रमण बढेसँगै नगर क्षेत्रभित्रका विद्यालयहरु चार दिन बन्द गर्ने निर्णय गरेको छ। उपमहानगरपालिको आह्वानमा भएको सरोकारवालाहरुको बैठककले ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’ अर्थात् आँखा पाक्ने रोगबाट बालबालिकालाई जोगाउन सो निर्णय भएको हो।
उपमहानगरपालिकाको शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाका अनुसार उपमहानगरका बालबालिकामा आँखा पाक्ने सङ्क्रमण देखिएकोले त्यसलाई थप फैलिनबाट रोक्न नेपालगन्जका निजि तथा सामुदायिक विद्यालय बुधवारदेखि शुक्रबारसम्म बिदा दिने बिचमा शनिबार परेकाले चार दिनका लागि बन्द गरिने निर्णय भएको बताए ।
पछिल्ला केही दिनयता नेपालगन्जमा आँखा पाक्ने रोगको संक्रमण बढ्दै गएको छ । नेपालगञ्जस्थित रहेको फत्तेबाल आँखा अस्पतालका अनुसार अहिले दैनिक दुई सय भन्दा बढी बिरामी आँखा पाक्ने रोगका कारण आउने गरेका छन् । त्यसमा बालबालिकाको संख्या बढी रहेको नेपालगञ्जस्थित फत्तेबाल आँखा अस्पतालले जनाएको छ ।