नेपालगंज सावन २१ गते ।
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय नेता पूर्बमंत्री मोहम्मद ईश्तियाक राईले उत्तर प्रदेश श्रावस्तीमा भएको कार दुर्घटनामा परी नेपालगंजका दुई परिवारका ६ जनाको मृत्यु भएकोमा शोक व्यक्त गर्नु भएको छ।
गए राति उत्तर प्रदेश भारतको श्रावस्ती जिल्लामा कार दुर्घटना हुँदा नेपालगन्ज त्रिभुवन चौक निवासी एकै परिवारका ३५ वर्षीय बैभव गुप्ता, उहाँकी श्रीमती ३२ वर्षीया दिपीका गुप्ता, तीन वर्षीय छोरा डल्लु गुप्ता र ६ महिनाकी छोरी श्रीया गुप्ता र त्रिभुवन चोकस्थित एस कुमार वाच कम्पनीका सञ्चालक सन्तोष गुप्ताको छोरा २२ वर्षीय निलान्स गुप्ता र २० वर्षीया छोरी सुनिता गुप्ताको मृत्यु भएको हो ।
पूर्ब मंत्री राईले सामाजिक सञ्जालमा लेख्नु भएको छ भारतको उत्तर प्रदेश श्रावस्ती जिल्लामा सवारी दुर्घटना हुँदा नेपालगंजका ६ जनाको दुखद् निधनको खबरले मर्माहत भएको छु । दुर्घटनामा परी निधन हुनुभएकाहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दै समवेदना प्रकट गर्दछु।