मंसूर अली इद्रिशी
बाँके सावन २१ गते-जानकी गाउँपालिका वडा नम्बर ५ को वडा कार्यालयवाट सामाजिक सुरक्षा भत्ता वितरणको प्रकिर्याशुरू गरेको छ । मेगा बैंक मार्फत दिइदै आएको सामाजिक सुरक्षा भत्ता लीन दिनभरी लईन बस्ना जेष्ठ नागरिकलाई समस्या भोग्दै आएकाले वृद्धवृद्धा, जेष्ठ नागरिक अन्य, दलित ,विधवा ,एकल महिला, अपाङ्गता र वालवालिकाहरूको आ.व.०८०/०८१ मा कुमारी बैंक द्वारा वडा कार्यालय देखि नयाँ खाता सिर्जना गरी वडा कार्यालयबाटनै भत्ता वितरण गर्ने व्यवस्था गरेको बताएईको छ।
तर जनप्रतिनिधि आइसकेपछि भने सम्बन्धित वडा कार्यलयवाट वडा अध्यक्ष यादव गत चुनावमा गरेको वाचा पूरा गर्दै उनले भने सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाट वितरण गर्ने र सामाजिक सुरक्षा भत्ता कार्ड नविकरणको सुचना पनी हामी वडा कार्यालय मार्फ़त जारीगरेकोले समयमा नविकरण गर्नलागी संचार माध्यम टोल टोल प्रचार प्रसार मार्फ़त बाट सेवाग्राहीहरुलाई जानकारी गराउनु भएको छ । सेवाग्राहीको सामाजिक सुरक्षा भत्ताको कुमारी बैंकमा खाता खोल्न सह्जिकरणका लागी हामी लागेका छौ ।
जानकी ५ कतीको विकास भएको छ ?
जानकी गाउँपालिका वडा नम्बर ५ मा तीव्र रूपमा बिकासकार्य भइरहेको छ । स्थानीय तहको चुनाव पश्चात् उक्त वडाको हरेक क्षेत्रमा जनताको अपेक्षा अनुसारका कार्यहरू सशक्त रूपमा अगाडी बढाइएको वडा अध्यक्ष टिकानाथ यादवले लीमरा खबरलाई बताएका छन् । वडाका हरेक ठाउँमा अहिले तीव्र रूपमा विकास भइरहेको र अहिले सम्म विकास कार्य सुरु नगरिएका ठाउँमा समेत अबको केही दिनमा नै कार्य सुरु गर्ने योजना तयार भैरहेको वडा अध्यक्ष यादवले बताएका हुन ।