काठमाडौँ सावन २० गते।
श्रमजीवि पत्रकारको श्रम अधिकार सुनिश्चितताको माग गर्दै सूचना तथा प्रशारण विभागमा धर्ना दिइएको छ । शुक्रवार नेपाल पत्रकार महासंघका प्रतिनिधिसहित श्रमजीवि पत्रकारहरुले श्रम अधिकारको सुनिश्चितताको माग गर्दै विभागका महानिर्देशकलाई ज्ञापन पत्र समेत बुझाएका हुन् ।
महासंघको तर्फबाट बुझाइएको ज्ञापन पत्र ग्रहण गर्दै सूचना तथा प्रशारण विभागका महानिर्देशक शंकर नेपालले विभागमा आएका उजुरीहरुलाई कार्यविधिले तोकेअनुसार फछ्र्यौट गर्दै आएको बताए । उनले प्रेस रजिस्टारको भूमिका तोकिएजति निर्वाह गरेको पनि दाबी गरे । उनले श्रमजीवि पत्रकारको हक हितको बारेमा छलफल अघि बढाउनुपर्ने आवश्यकता रहेको बताए ।
हामीकहाँ आएको जति पनि उजुरी छन्, यसलाई कार्यविधि तोकेअनुसार समयमा नै फछ्र्यौट गर्ने गरेका छौँ,’ उनले भने, ‘हामीलाई दिएको अधिकार वार्ता, मध्यस्थता र मेलमिलाप दिएको छ । प्रेस रजिस्टारको भुमिका तोकिएजति निर्वाह गरेका छौँ । श्रमजीवि पत्रकारको हक हीतको बारेमा छलफल व्यापक बनाउनु पर्छ ।
धर्ना कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले सहजै गरिएका आग्रह राज्यका निकायले नसुन्ने प्रवृत्ति देखिएकाले सडकमा आन्दोलन गर्नुपरेको बताए । उनले त्रकारिता क्षेत्र श्रम शोषण गर्ने क्षेत्र हो कि भन्ने भाष्य सिर्जना गरिएको भन्दै पत्रकारिता क्षेत्रको गुणस्तरीयता, व्यावसायिक विकासमा जोड दिनुपर्ने बताए । उनले भने, ‘सहजै गरिएका आग्रह राज्यका निकायले नसुन्ने प्रवृत्ति छ, त्यसैले हामीले सडकबाट नै सामुहिक रुपमा दबाब दिएर हाम्रो आवाज सरोकारवालासम्म पु¥याउन आएका हौँ ।
पत्रकारिता क्षेत्र श्रम शोषण गर्ने क्षेत्र हो की जसरी भाष्य स्थापना गरिँदैछ, यो दुःखद् छ । नयाँ पुस्तालार्ई आकर्षित गर्न यसरी सम्भव छैन । प्रदर्शनकारीहरुले प्रेस रजिस्टारले समेत श्रमजीवि पत्रकारको हकहीतमा काम नगरेको बताए । उनीहरुले पत्रकारको श्रम अधिकारको सम्मान गर, अविलम्व प्रेस रजिस्टार नियुक्त गर लगायतका प्लेकार्ड र नारा लगाइ प्रदर्शन गरेका हुन् ।