मंसूर अली इद्रिशी
नेपालगंज सावन १६ गते-बाँकेको सशस्त्र प्रहरी बल बंदरगाह बिओपीले भारतबाट अबैध रुपमा ल्याउदै गरेको ९० केजी बोइलर कुखुराको (बोनलेस) मासु बरामद गरेको छ । सशस्त्र प्रहरी बलको बंदरगाह बिओपीबाट खटिएको मोबाइल टोलिले जानकी गाउँपालिका वडा नम्बर १ साईंगाउँ छोटी भंसार स्थित दसगजा नजिकैबाट बेवारिसे अवस्थामा अबैध बोइलर कुखुराको मासु ( बोनलेस) ९० केजि बरामद गरेको हो ।
उक्त मासुको अंदाजी मूल्य करिब ७२ हजार रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल बंदरगाह बिओपीका सशस्त्र प्रहरी निरीक्षक बिरेन्द्र लम्सालका अनुसार भारतबाट अबैध रुपमा नेपाल ल्याउदै गरेको उक्त बोनलेस मासु नियन्त्रणमा लिइएको छ ।
प्रहरी निरीक्षक लम्सालले उक्त मासु पशु क्वारेन्टाइन कार्यालय बाँकेले लीनन माने पछि उहाँले जानकी १ नम्बर का वडा अध्यक्ष मोहम्मद रजा राई साईगाउँ प्रहरी चौकी इंचार्ज फत्ते शिंह चौधरी स्थानिए सामजिक अगुवा पत्रकार लगाएतको उपस्थिमा ९० केजि बोनलेस मासु नष्ट गरिएको सशस्त्र प्रहरी ३० नम्बर गण बागेश्वरी बाँकेका सशस्त्र प्रहरी प्रवक्ता डीएसपी लक्ष्मण थापाले लिमरा खबरलाई जनाएको छ ।