काठमाडौं सावन १६ गते।
दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ घण्टाभित्र हाजिर हुन निर्देशन दिएको छ । आज गोप्य अति जरुरी लिखित निर्देशन पठाउँदै २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको हो ।
गत शनिबार सरकारी क्वार्टरमा महिलासँगको अश्लील गतिविधि गरेको भिडियो बाहिरिएपछि उनी विवादमा आएका थिए । दमक नगरपालिकाका कर्मचारीहरुले आज विवादित निरौलालाई कार्यालय प्रवेशमा रोक समेत लगाएका छन ।
नगरपालिकास्थित आफ्नो क्वाटरमा एक महिलासँग रहेका निरौलाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । त्यसपछि निरौलाले आफ्नो क्वाटर रंगरोगन गर्न लगाएका थिए । भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालहरूमा निरौलाको आलोचना भएको थियो । सोही विषयलाई लिएर मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।