संगिता पाठक (सन्ध्या)
नेपालगंज साउन,१५ गते-शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना (सूपर) अन्र्तगत विपद् जोखिम हस्तान्त्रणका लागि आवास बीमा कार्यान्वयन सम्बन्धि नेपालगञ्जमा छलफल भएको छ । नेपालगञ्जमा विगत एक वर्ष अगाडि देखि लागूभएको सूपर परियोजना बारे आज जनप्रतिनिधि, पत्रकार, बीमा कम्पनी र नगरका कार्मचारी बीच यस सम्बन्धि दुई वटा प्रस्तुति राखिएको थियो ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रशासकीय अधिकृत शिव प्रसाद रिजालले नगरले तयार पारेको विपद् कानून र नरेश रिजालले विपद् तयारीका लागि वैज्ञानिक प्रमाण सम्बिन्धि प्रस्तुति दिएको थिए। नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा स्थायी बसोबास व्यक्तिहरु का हकमा विपद् दुर्घटना बीमा र जोखिमग्रस्त क्षेत्रमा रहेका निजि आवासिय भवनहरुको बीमा सम्बन्धि कार्यलाई व्यवस्थित गर्न बान्छनिय भएकोले प्रमुख प्रशासकीय कार्यविधि नियमित गर्न बनेको ऐन २०७५को दफा ४(१) ले दिएको अधिकार प्रयोग गरी यस नगरले ‘विपद् जोखिम बीमा’ कार्यविधि बनाएको प्रमुख प्रशासकीय अधिकृत रिजालले जानकारी गराए ।
उनले बीमितको पहिचान र बीमा गरिने भवनको संख्या निर्धारण, बीमा सम्झौता, बीमाले नसमेट्ने विषयहरु, बीमा शुल्क, व्यवस्था र भुक्तानी, अनुगमन समिति, दावी भुक्तानी प्रक्रिया, बीमा सचेतना अभिवृद्धि कार्यक्रम संचालन गर्नुपर्ने, खारेजी र बचाउ लगायतका विषयमा विस्तृत रुपमा प्रस्तुति राखेका थिए ।
यस्तै, प्रस्तुकर्ता रिजालले आफ्नो प्रस्तुति क्रममा यो परियोजना तीन वटा प्रदेश लुम्बिनी, सूदुरपश्चिम र कणर्ाली प्रदेशहरुमा लागू रहेको जानकारी गराए । उनले नेपालगञ्जका २३ वटै वडाहरुलाई समेटर दुरदर्शी तथा दीर्घकालिन दृष्टिका साथ यस परियोजना अन्र्तगत काम गर्दै आइरहेको बताए । तीन वटै प्रदेश मध्ये लुम्बिनी प्रदेश प्रमुख भुकम्पीय क्षेत्रको रुपमा रहेको र नेपालगञ्ज नगरमा वडा नं. ३ र ७ अति भूकम्पीय दृष्टिकोणले जोखिमपूर्ण वडा रहेको तथ्यांक छ ।
नेपालगञ्ज वडा नम्बर ३ र ७ मा बाटो साघुरो, खुल्ला ठाँउको अभाव, पुराना बस्ती तथा घरका कारण तुल्नात्मक रुपमा बढी जोखिमपूर्ण स्थान रहेको छ । सूरुवातमा यी दुई वडामा मुख्यता विपद् परियोजना संचालन गरिएको भएपनि अबको दिनमा अन्य वडामा समेत संचालन गर्ने लक्ष्य रहेको छ ।
अप्तकालीन प्रस्थितिमा यस प्रदेशको लािग नेपालगञ्जलाई मानविय सहायताका लागि केन्द्रको रुपमा नेपाल सरकारले लिएको छ । नेपालगञ्ज भारतीय सिमानाका संग जोडिएको, यस क्षेत्रकै मुख्य शहर, एयरर्पोट, पुर्वराजमार्ग संग जोडिएको हुनले नेपालगञ्जबाट आवस्यक पर्ने सामाग्री ढुवानी गर्न सक्निे भएकोले मानविय सहायताका लागि केन्द्रको रुपमा लिएको छ ।
सो कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख प्रशान्त विष्टले देशभरीका ७ सय ५३ वटा पालिका मध्ये नेपालगञ्ज भित्र लोकल इमेर्जेन्सी सेन्टर जस्को आफ्नै स्थानीय अप्कालीन सञ्चालन केन्द्र छ जहाँबाट एम्बुलेन्स सञ्चालन देखि लिएर दम्कल समेतको व्यवस्था रहेको बताए । उनले भने, ‘यदी नेपालमै हेर्ने हो भने नेपालगञ्ज स्थानीय अप्तकालीन केन्द्र र सूपर परियोजनाको माध्यमबाट यो शहरलाई सहयोग पुर्याएको छ ।’
यस्तै, नगर उपप्रमुख कमरुदिन राईले अबको दिनमा स्वास्थ्यको सन्दर्भमा भेरी अस्पतालमा स्वास्थ बीमा कार्ड मार्फत उपचार गर्ने प्राणली स्थापन गर्ने रणनिति तयार गरिरहेको नगरमा छलफल भइरहेको जानकारी गराए ।