नेपालगन्ज सावन १२ गते।
लामो समय पछि स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन सम्पन्न भए पछि महेन्द्र बहुमुखी क्याम्पसमा पहिला भन्दा झन बेथिति ,भष्टचार ,अनियमिता, र बिद्यार्थीको ढाड सेक्ने काम गरेको अनेरास्ववियू महेन्द बहुमुखी क्याम्पस इकाई कमिटीका अध्यक्ष केशर जंग शाहीले बताए ।
स्वबियुले हरेक बिद्यार्थीका समस्या लाई सम्बोधन गर्ने अथवा समधान गर्नुको सट्टामा किन बिधार्थीको बिपक्षमा निर्णय गर्दै गरेको र निर्वाचन नहुनु भन्दा पहिला बिद्यार्थीलाई झुटा आश्वासन दिएर बिधार्थीको मत लिइसके पछि अथवा सत्तामा पुगिसके पछि अहिले स्वबियुको काम र कर्तव्य के छ भने क्याम्पस प्रशासन सङ मिलेर बिद्यार्थी सङ विभिन्न शिर्षकमा बिद्यार्थी बाट शुल्क लिने गरेको अध्यक्ष शाहिले बताए ।
जस्तौ रिकोमन्डेशन लेटर( recomandation letter )बाफत रु ५०० लिएर लुटतन्त्र गर्नमा ब्यस्त देखिएको अध्यक्ष शाहिले बताए । माइग्रेसन फिर्ता बाफत पनि ५०० लिने गरेको पाइयो भने यी एउटा प्रतिनिधि घटना मात्र हुन । एउटा साझा बिधिबद सस्थां र प्रतिनिधि सस्थां बिद्यार्थीको हक र अधिकारका लागि लड्नुको साट्टो क्याम्पस प्रशासन सङ मिलेर गोजि भर्न ब्यस्त रहेको अध्यक्ष केशर जंग शाहिले जनाए ।
स्वबियु निर्वाचनको बेला बिद्यार्थीहरु उत्साहीत भएर निर्वाचनमा सहभागि थिए भने बिद्यार्थीहरु किन उत्साहीत थिए लोकतन्त्रको सुन्दर पक्ष भनेकै निर्वाचन हो र बिद्यार्थीले आफुले चाहेको र रोजेको प्रतिनिधिलाई मत दिन पाइन्छ भनेर थियो।
अहिले आएर सबै बिद्यार्थीहरुका उत्साहीत निराशापनमा परिणत हुदैछ्न । स्वबियुलाई विद्यार्थीका विरुद्ध निर्णय नगर्न अनुरोध गर्दछौं । recommendation letter र migration document return बापत उठाएको पैसा तुरुन्त सम्बन्धित विद्यार्थीलाई फिर्ता गर्न अनुरोध गरेको अध्यक्ष शाहिले बताए ।बिद्यार्थीको विपक्ष गरेका सबै निर्णय खारेज गर्न हार्दिक पुर्व अनुरोध गर्दछौं । अन्यथा लुटतन्त्र विरुद्ध कडा आन्दोलनमा उत्रिन बाध्य हुनेछौ भने अनेरास्ववियू महेन्द बहुमुखी क्याम्पस इकाई कमिटी अध्यक्ष केशर जंग शाहीले बताए ।