नेपालगञ्ज सावन ११ गते ।
बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका १ कुसुम बजारबाट साउन १० गते सशस्त्र प्रहरीले २१ लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड बरामद गरेको छ।
नेपालगंजबाट तुल्सीपुरतर्फ आउँदै गरेको यात्रुवाहक बसमा जाँच गर्दा शंकास्पद रुपमा देखिएको उल्लेखित मूल्यको NTC र NCL को रिचार्ज कार्ड सशस्त्र प्रहरी बलको सुरक्षा वेश कुसुमले बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठले जानकारी दिए ।
बरामद रिचार्ज कार्ड राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाईएको सशस्त्र प्रहरीले बताएको छ ।