काठमाडौं सावन ३ गते ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद भएको राजश्व अनुसन्धान विभागका अधिकारीहरुले बताएका छन् । अहिले पनि अपरेसन चलिरहेकाले कति किलो सुन बरामद भयो भन्ने यकिन भइसकेको छैन ।
तर ५० किलोभन्दा बढी रहेको उनीहरु बताउँछन् । स्कुटरको ब्रेक सुमा लुकाएर सुन ल्याएको सूचनाका आधारमा राजश्व अनुसन्धान विभागको टोलीले छापा हानेको हो । यसक्रममा केही व्यक्तिलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
विभाग तथा प्रहरी स्रोतले विमानस्थलबाट तस्करीको सुन हालसम्मकै ठूलो परिमाण हुने अनुमान गरेको छ। अहिले पनि अपरेसन चलिरहेकाले कति किलो सुन बरामद भयो भन्ने एकिन भइनसकेको प्रहरी स्रोतले जनाएको छ।