नेपालगंज असार ३१ गते ।
बैङ्किङ कसुर मुद्दामा पूर्ब कृषि मंत्री बिजय बहादुर यादवलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके डूडुवा गाउँपालिका–१ होलिया घर भएका एमाले नेता पूर्ब बिधायक कृषि मंत्री बिजय बहादुर यादव छन् ।
आइतबार जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीटोलीले एमाले नेता तथा पूर्ब बिधायक कृषि मंत्री यादवलाई डूडुवा गाउँपालिका–१ होलियाबाट पक्राउ गरेको हो ।
रुपन्देही जिल्ला अदालतले बैङ्किङ कसुर मुद्दामा यादवको नाममा पक्राव पुर्जी गरे पछि जिल्ला प्रहरी कार्यालय बाँकेले यादवलाई पक्राउ गरी जिल्ला अदालत रुपन्देहीमा बुझाएको जिप्रका बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए ।