मंसूर अली इद्रिशी
नेपालगञ्ज असार २६ गते-बाँके जिल्ला प्रहरी कार्यालयले सवारी चालकले लागु औषध सेवन जाँच सुरु गरेको छ। आज नेपालगंज वडा नम्बर १० स्थित गडेश मान चौकमा पहिलो पटक लापसे जाँच सुरु गरिएको हो ।
सडकमा बसेर मापसे जाँच गरिरहेको प्रहरीले अब लापसे पनि जाँच सुरु गरेको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए। मापसे जस्तै लापसे सेवन गरेर सवारी चलाउँदा दुर्घटना सँगै अपराध बढ्ने भएकाले प्रहरीले सडकमा बसेर यो जाँच सुरु गरेको बाँके जिल्ला ट्रफिक प्रहरी कार्यालयका इंचार्ज तिलक सुनारले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डाँगीका अनुसार लासपे सेवन गरेको फेला परेमा कारबाहीसँगै काउन्सिलिङ गरिने छ । बाँकेमा लागुऔषध गर्ने अधिक मात्रा रहेको तथ्यांक रहेको प्रवक्ता डाँगीले बताए ।