बाँके असार २१ गते ।
नेपालगंज कारागारमा एक जना कैदी शौचालयमा झुन्डिएको अवस्थामा भेटिएका छन् । डाँका चोरी मुद्दामा अदालतद्वारा तीन वर्ष कैद र ३० हजार जरिवाना तोकिएपछि सजाय भोग्दै आएका बाँके जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ता भन्ने नीरजकुमार बानियाँ बिहीबार बिहान कारागारको शौचालयमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
जिल्ला अदालत बाँकेले गत चैत २२ गते उनलाई सजाय सुनाए पनि ऊनि फरार रहेकोमा प्रहरीले यही असार ५ गते पक्राउ गरेर कारागार पठाएको कारागारका जेलर अर्जुन जंग साहले बताउनुभयो ।
कारागारका अनुसार बिहीबार बिहान करिब पांच बजे शौचालयमा झुन्डिएको अवस्थामा फेला परेका थिए । सो घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताए ।