जनकपुधाम असार २० गते ।
महोत्तरीको सम्सी गाउँपलिकाका लेखापाल र कार्यालय सहयोगी १ लाख २५ हजार घुससहित रंगेहात पक्राउ परेका छन् । बुधबार दिउँसो ४ बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले उनिहरुलाई रंगेहात पक्राउ गरेको हो ।
सम्सी गाउँपालिकाको वडा नं.५ मा संचालन भएको कोभिड-१९ सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न पश्चात उक्त कार्यक्रमको भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय, बर्दिवासको टोलीले निज लेखापाल र कार्यालय सहयोगीलाई १ लाख २५ हजार घुससहित पक्राउ गरेको हो ।
लेखापाल रोशन कुमार राउत र कार्यालय सहयोगी घरिन यादवलाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।