बाँके असार १७ गते।
राप्ती नदीमा आएको बाढीमा फसेका बाँकेका ६ जनाको सकुशल उद्धार गरिएको छ । बाख्रा चराएर फर्किने क्रममा एक्कासी राप्ती नदी बढेपछि राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ टिकुलीपुरका १ जना पुरुष र ५ जना महिला बाढीमा फसेका थिए।
बाढीमा फसेका उनीहरूको शनिबार राति नै सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बाढीमा फसेका दलबहादुर पुन, दिलसरा थापा, खली खत्री, दिलकुमारी कनौ, दिलिसा थापा र ममता पुनको उद्धार गरेको हो । बाढीमा फसेका ७८ वटा बाख्राको पनि उद्धार गरिएको छ। पहाडी जिल्लाहरूमा निरन्तर पानी परिरहेकाले राप्ती नदीको सतह बढेको छ।