मंसूर अली इद्रिशी
नेपालगंज असार १२ गते-इस्लाम धर्मालम्बीहरूको महान पर्व बकर इदको अवसरमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै बकर इदका दिन पर्सि बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।
सूचनामा भनिएको छ,‘नेपाल राजपत्रमा मिति २०७९/१२/२ गतेका दिन प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरूको पर्व बकर इद (इद उल अजहा) विसं २०८० साल असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
तिन दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । बलिदानीको पर्वका रुपमा लिइने बकर इद मुस्लिम महिना जुल हिज्जाको दशौँ दिन मनाउने गरिन्छ । हिजरी संवत् अनुसार १४३५ वर्षपहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको नेपालगंज १७ परसपुर सहादत मस्जिद का इमाम (पुजारी) कारी वसीम अहमदले लिमराखबरलाई जानकारी दिए ।