मंसूर अली इद्रिशी
बाँके असार १२ गते-नेपालगंज उपमहानगरपालिका वडा नम्बर ५ मा नागरिकता सिफारिस लिने सेवाग्राही घुइँचो बढेको छ। नगर ५ का वडाध्यक्ष सराफत हुसेन सेखले हातमा कागजपत्र बोकेर कहिले सचिव को कोठामा त कहिले दर्ता शाखामा ओहोर-दोहोर गर्छन् । कहिले उनी पालो कुरिरहेका सेवाग्राही बसेकै ठाउँमा पुग्छन् र सम्बन्धित कामको लागि कागजपत्र पुगे-नपुगेको हेर्छन् ।
वडाका (सचिव)ले कुर्सीमा बसी-बसी अरु कर्मचारीलाई काम लगाउने गरे पनि नेपालगंज वडा नम्बर ५ को दृष्य आजभोलि फरक छ । नागरिकता को सिफारिस लींन आउनेहरुको भिड छ । सेवाग्राही नअलमलिउन् भनेर म आफै पनि खटिएको छु, वडाध्यक्ष सराफत सेखले लिमरा खबरसँग भने ।
नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ कार्यान्वयन गर्न सर्वोच्च अदालतको आदेशबाट बाटो खुलेसँगै नागरिकता वितरण प्रक्रिया सुरु भएको हो । संशोधित नागरिकता ऐन अनुसार २०६३ मा जन्मसिद्ध नागरिकता प्राप्त गरेका नागरिकका सन्तानले वंशजका आधारमा नागरिकता प्राप्त गर्नसक्ने वर्तमान कानुनले व्यवस्था गरेको छ ।
यसै आधारमा जन्मसिद्ध नागरिकता लिएका नागरिकका सन्तानलाई जिल्ला प्रशासन कार्यालय बाँकेमा आइतबारदेखि वंशजको आधारमा नागरिकता वितरण सुरु गरिएको छ । यद्यपि जिल्ला प्रशासन कार्यालयहरूले जारी गरेको सूचना अनुसार १४ किसिमका कागजात पुर्याकएपछि मात्रै जन्मको आधारमा नागरिकता पाइन्छ । जन्मको आधारमा नागरिकता लिन पुर्याएउनुपर्ने प्रक्रियाका कारण कागजात पूरा नहुँदा नागरिकता सिफारिसविना स्थानिए सेवाग्राहीनै फर्कनु परेको वडा कार्यालयबाट वडाध्यक्ष सेखले बताए ।