बाँके असार १२ गते ।
नेपालगंज उपमहानगरपालिका वडा नम्बर १२ स्थित कोरियनपुरबाट ठूलो परिमाणमा अबैध चिनि र तेल बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलिले चेक जाँच गर्दा सिमापारी भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएको अन्दाजी (१७,५२०००) सत्र लाख बाउन्न हजार बराबरको चिनी र तेल सुपर पावर सुर्ती सहित भे.१.ख ३३४८ नम्बरको ट्रक प्रहरीले नियन्त्रणमा लिइएको छ ।
बाँके जिल्लाको खुला सिमानाको फाइदा उठाइ अवैध धन्दामा लागेका पेशेवर तस्करले मुख्य बाटो भन्दा ग्रामीण भेगका साना र सुनसान इलाकाको बाटोबाट अवैध कार्य गर्न लाएको गोप्य सूचनाको आधारमा चिनी र तेल सहित ट्रक नियन्त्रणमा लिइएको श्रोतले बताएको छ।
बरामद गरिएको चिनि ६० बोरा स्वायबिन तेल ३०० पेटि सुपर पावर सुर्ती ५० पोका ट्रक र ट्रक चालक समेतलाई आवश्यक कार्वाहीको लागि नेपालगंज भंसार कार्यालय, ज़ेसपुर पठाइएको ‘ जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।